संयुक्त नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामीले ‘गितार’ चिन्हमा मतदान गरेका छ्न ।
संयुक्त नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामीले पहिलोपटक आफ्नो नेतृत्वमा रहेको संयुक्त नागरिक पार्टीको चुनाव चिन्ह ‘गितार’ मा मतदान गरेका छन्। उनले धरान–११ स्थित ज्ञानोदय माबीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
मतदानपछि अध्यक्ष कामीले लामो संघर्ष, असंख्य चुनौती र अटल विश्वासको यात्रापछि आफ्नै नेतृत्वमा रहेको पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउँदा आफू भावुक र गर्वित भएको कुरा उनले आफ्नो सामाजिक सन्जाल फेसबुक बाट बताए।
उनले यो चुनाव केवल एउटा मत मात्र नभई परिवर्तनप्रतिको विश्वास र विभेद दमन भ्रष्टाचार , अन्याय, निराशा तथा पुरानो राजनीतिलाई बदल्ने जनताको आवाज बताएका छ्न । उनले देशभरका मतदातालाई ‘गितार’ चुनाव चिन्हमा मतदान गरेर साथ दिन सबै मतदातालाइ धन्यवाद समेत दिएका छन्।
कामीले देशभरबाट आफ्नो पार्टीलाई समर्थन गर्ने मतदाताप्रति हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दै जनताको विश्वास र साथले आगामी संघर्षलाई अझ सशक्त बनाउने बताए।
उनले अबको आन्दोलन अझै शक्तिशाली र गौरवशाली बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
अध्यक्ष कामीले नागरिकको अधिकार, परिवर्तन र नयाँ राजनीतिक संस्कारका लागि आफ्नो पार्टी निरन्तर संघर्षरत रहने बताए।
अन्त्यमा उनले “जय नागरिक, जय गितार, जय देश” भन्दै सबै समर्थक तथा मतदाताप्रति आभार व्यक्त गरेका हुन ।